काठमाडौं । व्यवसायी अजेय राज सुमार्गीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई लगाएको आरोपको सो मिडिया ग्रुपले खण्डन गरेको छ । माघ १ गते सुमार्गीले पत्रकार सम्मेलन गरेर सिरोहियाले आफूसँग बार्गेनिङ गरेको आरोप लगाएका थिए । आज सो आरोपको खण्डन गर्दै सिरोहियाको तर्फबाट कान्तिपुर मिडिया ग्रुपले सुमार्गीले विदेशबाट ल्याएको भनिएको रकमको छानबिन हुनुपर्ने बताएका छन्…