स्थानीय तहमा विकास बैंकले पनि सरकारी कारोबार गर्न पाउने

काठमाडौं । स्थानीय तहमा अब विकास बैंकहरुले पनि सरकारी कारोबार गर्न पाउने भएका छन् । वाणिज्य बैंक नपुगेका र जान नमानेका स्थानीय तहमा राष्ट्रियस्तरका विकास बैंकहरुले पनि सरकारी कारोबार गर्न पाउने भएका हुन् । यसैहप्ता नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक नपुगेका स्थानीय तहमा राष्ट्रियस्तरका विकास बैंकहरुलाई सरकारी कारोबार गर्न पाउने व्यवस्था मिलाइदिन आग्रह गर्दै अर्थ…