काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने यही शुक्रबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिमा सोधपुछका लागि जाने भएका छन् । आज (बुधबार) बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले शुक्रबार समितिको बैठकमा जाने जानकारी गराएका हुन् । पार्टी स्रोतका अनुसार सभापति लामिछानेले बैठकमा…