सेयर बजारमा रेकर्डः पौने २६ अर्बको कारोबार, नेप्से सूचक ९४ अंकले बढ्दा २२५ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । सेयर बजारले नयाँ रेकर्ड कायम राखेको छ । साताको पहिलो दिन आइतबार बजारमा कारोबार रकमले नयाँ रेकर्ड राखेको हो । आज बजार ९४.५३ अंकले बढेर परिसूच्क् २८६०.९१ बिन्दु कायम भएको छ । ३३० कम्पनीको ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता सेयर २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँको…