सेयर बजारमा रेकर्ड: पौने २४ अर्बको कारोबार, नेप्से १४५ अंकले घट्दा २३३ कम्पनीको मूल्य गिरावट

काठमाडौं । सेयर बजारमा कारोबार रकमले रेकर्ड राखेको छ । मंगलबार धितोपत्रको दोस्रो बजारमा पौने २४ अर्बको कारोबार भएको हो । यसअघि गत बिहीबार २१ अर्ब ९१ करोडको कारोबार भएर रेकर्ड कायम भएकामा मंगलबार तोडिएको हो । यस दिन बजारमा ५ करोड ३८ लाख कित्ता सेयर २३ अर्ब ७२ करोड रुपैयाँमा किनबेच भएको हो ।…