दिन बिराएरै दिन थालियो स्थायी निक्षेप सुविधा, मापदण्ड घटाएपछि प्रभावकारी

काठमाडौं । दुई दिनको अन्तरमा दिइने गरेको स्थायी निक्षेप सुविधा (एसडीएस) एक दिनको अन्तरमा दिन थालिएको छ । नेपाल राष्ट्र बैंकले अन्तरबैंक ब्याजदरलाई ब्याजदर कोरिडोरको सीमाभित्र राख्ने मुल प्रयोजनसहित कार्यान्वयनमा ल्याएको यस व्यवस्थालाई थप प्रभावकारी बनाउन ‘फ्रिक्वेन्सी’ बढाइएको हो । असारको पहिलो सातासम्म एसडीएफ सुविधा हरेक आइतबार र बुधबार दिइँदै आएको थियो । त्यसयता हरेक…