जाल्पा सामुदायिक लघुवित्तले लाभांश नदिने

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आवको नाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।