काठमाडौं । सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परिक्षा स्थगित गर्ने भएको छ । यही माघ २३ गते विभिन्न राजनैतिक दलहरूका उपत्यकाका विभिन्न स्थानहरूमा विरोध कार्यक्रमहरू तथा भीभीआइपी÷भीआइपीहरूको आवागमन कार्यक्रमहरू भएकाले परिक्षा स्थगित गर्ने भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रहरी महाशाखाका अनुसार उक्त कार्यक्रमका लागि ट्राफिक व्यवस्थापनमा अधिकतम जनशक्ति खटाउनुपर्ने भएकाले…