निर्जीवन बीमा कम्पनीको व्यवसाय ९.९१ प्रतिशतले बढ्यो, ४ वटाले घटाए

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ९.९१ प्रतिशतले वृद्धि भएको छ । सञ्चालनमा रहेका २० मध्ये १९ वटा निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको पुस मसान्तसम्म १३ अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेकोमा चालु आवको सोही अवधिमा १ अर्ब ३७ करोड रुपैयाँ बढी १५ अर्ब २० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन्…