काठमाडौं । भुक्तानी सेवा दिन एकपछि अर्को कम्पनीहरु थपिने लहर नै चलेको छ । सरकारले नगद रहित कारोबारलाई प्रत्साहन दिएपछि भुक्तानी सेवा प्रदायकहरु थपिने होडबाजी चलेको हो । स्मार्ट कार्ड नेपाल प्राइभेट लिमिटेडले भुक्तानी तथा बचत सेवा प्रदायकको लाइसेन्स प्राप्त गरेको छ । राष्ट्र बैंकले कम्पनीलाई भुक्तानी तथा फछ्यौट विनियमावली अनुसार लाइसेन्स दिएको हो ।…