काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनफिङको विशेष बिदाइ हुने भएको छ । आइतबार दिउँसो १ बजेपछि स्वदेश फर्कने राष्ट्रपति सीलाई बिशेष बिदाइ गरिने भएको छ । बिदाइको समयमा एयरपोर्टमा नोटाम जारी गरिने भएको छ । नोटाम अवधिभर उडानहरु प्रभावित हुनेछन् । त्यस्तै, राष्ट्रपति हिँड्ने बाटोमा समेत बिहानैदेखि सुरक्षा व्यवस्था कडाइ…