लाभकर नतिर्दासम्म एनसेलको लाभांश लैजान रोक, तीन महिनाभित्र कर उठाउनुपर्ने

काठमाडौं । सर्बोच्च अदालतले मोबाइल सेवा प्रदायक कम्पनी एनसेलसँग तीन महिनाभित्रमा लाभकर उठाउनुपर्ने फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर राणा, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा। आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्ताशनको बृहत्त पूर्ण इजलासले एनसेलले लाभकर तिनुपर्ने फैसला गरेको थियो । फैसलाको पूर्णपाठ सार्वजनिक भएको थिएन । सर्बोच्च अदालतले एनसेल खरिदबिक्रीको लाभकर नतिर्दासम्म…