एनपीएलको दोस्रो महँगो टोली काठमाडौं गुर्खाज: कैलाश सिरोहियादेखि उपेन्द्र महतोसम्मको लगानी, कति खर्च ? « Eglish Khabarhub

एनपीएलको दोस्रो महँगो टोली काठमाडौं गुर्खाज: कैलाश सिरोहियादेखि उपेन्द्र महतोसम्मको लगानी, कति खर्च ?


२५ मंसिर २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो महँगो टोली हो काठमाडौं गुर्खाज । प्रतियोगितामा तीन मात्र खेल खेलेको काठमाडौंले एक खेलमा जित निकालेको छ ।

प्रतियोगिताअघि भएको अक्सनमा कमजोर देखिएको काठमाडौं मैदानमा पनि कमजोर देखियो । करण केसीको कप्तानीमा रहेको काठमाडौं कमब्याक गर्न सक्ने टोलीको रुपमा रहेको छ । काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गरेको काठमाडौं तेस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भयो ।

अहिले काठमाडौं अंक तालिकामा ३ खेलबाट २ हार र एक जित निकाल्दै पुछारबाट तेस्रो स्थानमा छ । काठमाडौंले आफ्नो चौथो खेल लुम्बिनी लायन्ससँग बुधबार खेल्दैछ । आगामी खेलमा काठमाडौंलाई जित निकाल्नै पर्ने दबाब छ ।
उसोत काठमाडौं बाहेकका तीन टिम कमजोर नै देखिएका छन् । काठमाडौंका लागि हालसम्म उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुमा सुमित महर्जन, करण केसी र साहव आलम रहेका छन् ।

प्रतियोगिता अघि काठमाडौं गुर्खाजले का लगानीकर्ताले नेपाली क्रिकेटको विकासका लागि अघि बढेको बताएका थिए ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्षसमेत रहेका काठमाडौं गुर्खाजका एक लगानीकर्ता कैलाश सिरोहियाले जर्सी सार्वजनिक कार्यक्रममा नेपाली क्रिकेटको विकासका लागि सानो सहयोग गर्न पाएकोमा खुसी भएको बताएका थिए ।

कान्तिपुर टेलिभिजनमा समेत लगानी रहेका उपेन्द्र महतो काठमाडौं गुर्खाजका मुख्य लगानीकर्ता हुन् । महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्षसमेत हुन् । मुख्यरुपमा रुसमा उद्योग व्यवसाय गर्दै आएका महतोको नेपालमा पनि विभिन्न व्यवसायमा संलग्नता छ । महतो होटल, बैंक, हाइड्रो, अस्पताल लगायतका व्यवसायमा संलग्न छन्।

त्यस्तै काठमाडौं गुर्खाजका अर्का लगानीकर्ता हुन् अरुणकुमार सराफ । उनी होटल व्यवसायी हुन् । पाँचतारे होटल याक एण्ड एति, हायात रिजेन्सी लगायतका होटलका सराफ सञ्चालक हुन् ।

काठमाडौंले पूर्वमिस नेपाल शृङ्खला खतिवडालाई पनि लगानीकर्ताको रुपमा टिममा राखेको छ । कैलाश सिरोहियाकी बुहारीसमेत रहेकी खतिवडाले काठमाडौं गुर्खाजका लागि अक्सनदेखि खेल मैदानसम्ममा नेतृत्व गरिरहेकी छन् ।

लगानी कति ?

काठमाडौं गुर्खाजले हालसम्म नेपाली खेलाडीमा धेरै लगानी गर्न पाएन । आफूले भने अनुरुपका खेलाडी टिममा नपाएको उसको गुनासो छ ।

काठमाडौंले मार्की खलाडीको रुपमा करण केसीलाई २० लाख रुपैयाँमा टिममा पायो । त्यसबाहेक गुर्खाजले अक्सनको ‘ए’ क्याटेगोरीका दुई खेलाडीका लागि ३० लाख खर्चियो ।

काठमाडौंले अक्सनमा कूल ७० लाख ५० हजार रुपैयाँ खर्चियो । अक्सन र मार्की खेलाडी गरेर काठमाडौंले जम्मा ९० लाख ५० हजार रुपैयाँ खर्च गरेको छ ।

गुर्खाजले ४ जना विदेशी खेलाडी टिममा भित्र्याएको छ । उनीहरुलाई अनुबन्ध गरेको रकम भने हालसम्म खुलेको छैन । काठमाडौं गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटुवालले हालसम्म आफूहरुले गरेको खर्च हेर्दा १० करोडसम्म पुग्ने बताए । उनले टिममा विदेशी खेलाडी अनुबन्ध टिम खरिद गर्दाको लगानी र अहिले मैदानमा हुने लगानीको आँकलन गर्दा १० करोड पुग्ने दाबी गरे ।

‘कति लगानी भयो भन्ने विषय हेर्दा अहिले नै आँकलन गर्न सकिने अवस्था छैन । तर, प्रतियोगिताभर हुने कूल लगानी भने १० करोड पुग्ने अनुमान छ । त्योभन्दा धेरै पनि हुन सक्छ,’ कटुवालले क्लिकमान्डुसँग भने ।

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौं गुर्खाजका सीईओ कटुवालले नेपाली खेलकुदको विकास र विस्तारका लागि क्रिकेटमा लगानी गरेको बताए ।

आफूहरुले नाफाको विषयलाई परराखेर क्रिकेट विकासको पाटोलाई हरेको उनले बताए ।

पहिलो सिजनमा टिममा गरेको लगानी भित्रने आशा गुर्खाजले गरेको छैन । तर, यो सिजनको चार्मले गर्दा अर्को वर्षभने नाफा गर्ने विश्वास रहेको कटुवाल बताउँछन् ।

‘पहिलो कुरा हामीले टिममा लगानी गर्दा नाफा र घाटाको विषय सोचेका थिएनौं । खेलकुद विकाश गर्नुपर्छ भन्ने हाम्रो धारणा हो,’ कटुवालले भने, ‘एनपीएलको अहिलेको चार्म हेर्दा केही वर्षमा लगानी उठ्छ भन्ने छ ।’

काठमाडौंको हालसम्मको प्रदर्शन र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी

काठमाडौंले हालसम्म ३ खेल खेलेको छ । जसमा १ खेलमा जित निकालेको छ । पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको काठमाडौं दोस्रो खेलमा कर्णाली याक्ससँग जित निकाल्दा काठमाडौं तेस्रो खेलमा सुदूरपश्चिमसँग पराजित हुन पुगेको थियो ।

अहिले काठमाडौं अंक तालिकामा ३ खेलबाट २ हार र एक जित निकाल्दै पुछारबाट तेस्रो स्थानमा छ । काठमाडौंका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुमा साहव आलम, करण केसी र सुमित महर्जन छन् । साहव आलमले ३ विकेट लिँदा करण केसीले २ विकेट लिएका छन् । करणले ३० रन बनाएका छन् भने सुमित महर्जनले ब्याटिङतर्फ ८३ रन बनाए ।

यस्तो छ, काठमाडौंको टिम

भीम शार्की, शाहब आलम, रासिद खान, दिपेश कँडेल, कृष्ण कार्की, सुमित महर्जन, शंकर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ, विवेक केसी, माइकल लेभिट, जेरार्ड एरासमस, स्टेफेन इस्कीनाजी, डान डौथवेट, नाथन सोटर

गुर्खाजका सबैभन्दा महँगा नेपाली खेलाडी करण

मार्की खेलाडी तथा कप्तानः करण केसी
महँगा नेपाली खेलाडीः करण केसी (२० लाख रुपैँया) साहाव आलम र भीम सार्की (१५ लाख रुपैयाँ)
स्वामित्वः काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर
मालिकहरुः डाक्टर उपेन्द्र महतो, कैलाश सिरोहिया रअरुण कुमार सरार्फ
क्रिकेट ब्रान्ड एम्बेस्डर: इन्दु बर्मा
आइकोनिक प्लेअर: क्रिस कार्की
मुख्य प्रशिक्षक: बसन्त शाही ठकुरी

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार ००:००  १० : ४६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping