५० अर्ब पुँजी पुर्याउन इन्भेष्टमेन्ट बैंक आक्रमक, छिट्टै ‘बिग मर्जर’को खबर सुनाउँछौं: सीइओ पाण्डे « Eglish Khabarhub

५० अर्ब पुँजी पुर्याउन इन्भेष्टमेन्ट बैंक आक्रमक, छिट्टै ‘बिग मर्जर’को खबर सुनाउँछौं: सीइओ पाण्डे


२७ माघ २०७७, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले छिट्टै मर्जरको खबर सुनाउने बताएका छन् । हिमालयन बैंकसँग मर्जरको कुराकानी भइरहेका बेला सीइओ पाण्डेले यस्तो बताएका हुन् ।

मंगलबार बिहान क्लिकमाण्डूसँग विशेष कुराकानी गर्दै सीइओ पाण्डेले छिटोभन्दा छिटो बैंकको कोर क्यापिटल ५० अर्ब रुपैयाँभन्दा बढी बनाउने सञ्चालक समितिको रणनीतिअनुसार मर्जर तथा एक्वायरमा आक्रमकरुपमा अघि बढिरहेको योजना सुनाए ।  अहिले बैंकको कोर क्यापिटल २६ अर्ब रुपैयाँ छ । हिमालयनसँग मर्ज भयो भने कोर क्यापिटल ४७ अर्ब रुपैयाँको हाराहारीमा पुग्छ ।

‘हामी मर्जर तथा एक्वायरमा आक्रमकरुपमा लागेका छौं । र, छिट्टै मर्जरको खबर सुनाउँछौं,’ उनले भने ।

लामो समयदेखि मर्जरको कुराकानी भएपनि पछिल्लो समय हिमालयन बैंकसँग औपचारिकरुपमै प्रक्रिया थालिएको पाण्डेले प्रष्ट पारे ।

‘दशौं वर्षदेखि हिमालयन बैंकसँग मर्ज हुने अनौपचारिक कुराकानी भएको हो । तर मर्ज भएन । यो पटकचाहीँ हामीले औपचारिकरुपमा सिरियस्ली कुराकानी अघि बढाएका छौं,’ उनले भने, ‘मलाई विश्वास छ यो पटक हिमालयन बैंकसँग मर्ज हुन्छ । यदि भएन भने हामी अरु बैंक खोजेर भएपनि छिट्टै मर्जरको खबर सुनाउँछौं ।’

मर्जरको उदेश्यले हिमालयन र इन्भेष्टमेन्ट बैंकले ड्यु डेलिजेन्स अडिट (डीडीए) भइरहेको उनले जानकारी दिए ।

‘मेगा मर्जर’को तयारीमा हिमालयन र इन्भेष्टमेन्ट बैंक, लिखित प्रतिवद्धता आदान-प्रदान, स्वाप १ः१

‘अर्को हप्तासम्ममा डीडीए रिपोर्ट आउँछ, त्यसपछि मर्जरमा अघि बढ्ने कि नबढ्ने भन्ने निर्णय होला,’ पाण्डेले भने, ‘मलाई त होओस् भन्ने लाग्छ । र, हुन्छ भन्ने विश्वासले उत्साहित पनि छु ।’

इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिले जतिक्दो चाँडो ५० अर्ब रुपैयाँभन्दा बढी बनाउने रणनीति बनाएको र अहिले सोही रणनीति अनुसार मर्जरमा आक्रमकरुपमा अघि बढेको उनले सुुनाए ।

‘५० अर्ब पुँजी पुर्याएपछि अतिरिक्त काम गर्नका लागि सरकारसँग अनुमति माग्छौं,’ पाण्डेले भने, ‘हामी आफैं आयोजनाहरु बनाउँछौं भनेर राष्ट्र बैंकसँग कुरा गरिसकेका छौं ।’

‘हिमालयन बैंकसँग मर्ज भयो भने पनि हामी त्यतिमा मात्रै रोकिँदैनौं, केही विकास बैंक लिन्छौं,’ उनले भने, ‘भएन भने अरु वाणिज्य बैंकहरुसँग एग्रेसिभ्ली कुराकानी अघि बढाउँछौं । मर्जरमा त जान्छौं जान्छौं ।’

बैंकहरुको नाफा घट्न थालेकाले र आगामी दिन अझै नाफा घट्ने विश्लेषण गर्दै आफूहरुले आकार ठूलो बनाउन लागेको उनले सुनाए । आकार ठूलो बनाउन मर्जर नै सबैभन्दा उपयुक्र विकल्प भएको उनको भनाइ छ ।

बैंकका लगानीकर्ताले इगो छाडेर बिग मर्जरमा जानुको बिकल्प छैनः इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे

अहिले इन्भेष्टमेन्ट बैंकका ८६ शाखा छन् भने करिब ३ दर्जन एक्सटेन्सन काउन्टर छन् । बिजनेश बढाउनलाई शखा बढाउनुपर्ने हुन्छ । पाण्डेका अनुसार १५० वटा शाखा बनाउने हो भने कम्तिमा पनि ७५ देखि ८० करोड रुपैयाँभन्दा बढी थप लगानी गर्नुपर्ने हुन्छ, शाखा खोलेर मात्रै हुँदैन बिजनेश बढाउन ठूलो मिहेनत पनि गर्नुपर्ने हुन्छ ।

‘काठमाडौं उपत्यकामा एउटा शाखा खोल्दा डेढ करोड र मोफसलमा खोल्दा १ करोड खर्च हुन्छ,’ उनले भने, ‘यति ठूलो रकम खर्च गर्नुभन्दा क्षेत्रीयस्तरका विकास बैंकहरु एक्वायर गर्दा शाखा र बिजनेश दुबै आउँछन् ।’

‘इन्भेष्टमेन्ट बैंकले पूर्व र पश्चिममा आफ्नो सञ्जाल पुर्याउन क्षेत्रीयस्तरका विकास बैंकसँग एक्वायरको कुराकानी पनि गरिरहेको पनि उनले सुनाए ।

‘मूल्यमा कुरा नमिलेर निर्णयमा भने पुगिसकेका छैनौं,’ पाण्डेले भने ।

कम लागतम ठूलो आकारको बिजनेश बढाउन मर्जर वा एक्वायरमा जानुको विकल्प नभएको उनले प्रष्ट पारे ।

प्रतिफल १०% मा झरे बैंकिङबाट लगानी झिक्छु, ८ वटा बैंक भए पुग्छः पृथ्वीबहादुर पाँडेको भिडियो आर्टिकल

इन्भेष्टमेन्ट बैंक लामो समय पहिलो र दोस्रो र तेस्रोमै रह्यो । पछिल्ला वर्षहरुमा ५औं छैठौंमा पुगेको छ । मर्जर तथा एक्वायरका गएका बैंकहरुले इन्भेष्टमेन्ट बैंकलाई उछिनेका छन् ।

‘लामो समय पहिलो, दोस्रो भएर काम गरेको बैंक पाँचौं, छैठौं स्थानम पुग्दा अलि असहज भएको छ,’ उनले भने, ‘त्यसैले आकार बढाउँदै आक्रमक हुन खोजेका हौं ।’

इन्भेष्टमेन्ट बैंकसँग करीब साढे ४ अर्ब रुपैयाँको स्थिर सम्पत्ति छ ।

पाण्डेका अनुसार मर्जरमा गएर ठूलो बन्नुका केही फाइदाहरु छन् । पहिलो फाइदा हो लागत कम हुन्छ । किनभने अब आक्रमकरुपमा बिजनेश बढाउनका लागि शाखा बढाउनुपर्ने हुन्छ । मर्जरबाट कम लागतमै शाखा र बिजनेश दुबै आउँछ ।

अशोक राणा भन्छन्- हिमालयन बैंकले ग्राहक झुक्याउँदैन, मर्जका लागि इन्भेष्टमेन्ट बैंक उपयुक्त

त्यसबाहेक सफ्टवेर, आइटी, कर्मचारी खर्च सबैमा लागत कम पर्छ । अर्को कुरा इन्भेष्टमेन्ट बैंकको मुख्य कार्यालय भाडामा छ । बैंकलाई आफ्नै भवन बनाउने दबाब छ । आफ्नै भवन बनाउन पनि मोटो रकम खर्च हुन्छ । प्राइम लोकेशमा आफ्नै भवन भएको बैंकसँग मर्जरमा जाँदा त्यो रकम पनि बचत हुन्छ ।

पछिल्लो समय बैंकिङमा भएको तीब्र प्रतिस्पर्धा र राष्ट्र बैंकले स्प्रेडमा गरेको कडाइका कारण बैंकहरुको ब्याज आम्दानी घटिरहेको छ । सेवा शुल्कमा पनि राष्ट्र बैंकले कडाइ गरेका कारण आम्दानी घटिरहेको छ । यस्तो अवस्थामा कोर बैंकिङ बिजनेशबाट मात्रै ठूलो नाफा कमाउन सक्ने अवस्था छैन ।

‘५० अर्ब पुँजी पुर्याएपछि अतिरिक्त काम गर्नका लागि सरकारसँग अनुमति माग्छौं,’ पाण्डेले भने, ‘हामी आफैं आयोजनाहरु बनाउँछौं भनेर राष्ट्र बैंकसँग कुरा गरिसकेका छौं ।’

इन्भेष्टमेन्ट बैंक परम्परागत बैंकिङभन्दा माथि उठ्न खोजेको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार ००:००  १ : ३९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping