ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोध तत्काल हटाउनुपर्छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको लगानीले ऊर्जा क्षेत्र आकर्षक बनाएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (ईप्पान) को २१औँ वार्षिक साधारणसभालाई  बिहीबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ढकालले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोध तत्काल हटाउनुपर्ने बताए । अहिले कुल जडित क्षमताको दुई तिहाइभन्दा बढी उत्पादन निजी क्षेत्रले गरिरहेको…