ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि आयातित संस्कारको प्रवद्र्धन नगर्न अपिल गरेकी छिन् । सिँचाइ दिवस तथा ६९ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो अपिल गरेकी हुन् । ‘स्वदेशमै उत्पादन हुने वस्तु पनि आयात भइरहेका छन्, त्यसो नगरौं, आयातित संस्कार प्रवद्र्धन नगरौँ, स्वदेशमै उत्पादित खाद्यान्नको प्रयोग गरौँ,…