काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशमा खपत हुने ऊर्जामा विद्युतीय ऊर्जाको हिस्सा बढाउँदै लैजाने बताएकी छन् । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको छैटौं राष्ट्रिय महाधिवेशनमा आज उहाँले आम जनतामा विद्युतको पहुँच बढाउँदै सबै क्षेत्रमा विद्युतीय ऊर्जा पु¥याउने अभियानमा सहयोग गर्न आग्रह गरिन् । मन्त्री भुसालले भनिन् “उद्योग, कृषि, सिँचाइ, घरायसी प्रयोजनलगात…