काठमाडौं । वाग्मती प्रदेश सरकारले सञ्चालन गर्न लागेको विद्युतीय गाडीका लागि चार्जिङ स्टेशन निर्माण गर्न यहाँका आठ स्थानीय तहले जग्गा उपलब्ध गराउन इच्छा देखाएका छन् । सरकारले स्टेशन निर्माणका लागि जग्गा उपलब्ध गराउने सम्बन्धी आशयपत्र प्रस्तुत गर्न प्रदेशका ११९ वटै स्थानीय तहलाई आह्वान गरेर सूचना प्रकाशित गरेको थियो । सरकारको आह्वानपछि चितवनको भरतपुर महानगरपालिका, मकवानपुरको…