६५ मेगावाटको कालङ्गा जलविद्युत् आयोजनाको निर्माण सुरु

बझाङ । निजी क्षेत्रको लगानीमा ६५ मेगावाट क्षमताको कालङ्गा जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ । बझाङको बुङ्गल क्षेत्रमा पर्ने कालङ्गा गाडमा निर्माण हुने कालङ्गा जलविद्युत् आयोजनाको एक कार्यक्रमबीच शुभारम्भ गरियो । करिब १० अर्ब ५० करोड रुपैयाँको लागतमा निर्माण हुने सो आयोजनामा विभिन्न बैंकको ७५, स्थानीयको १० तथा विभिन्न व्यक्तिको १५ प्रतिशत शेयर…