काठमाडौं । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले स्मार्ट बिद्युत सेवा प्रवाह गर्ने तयारी भएको जानकारी दिएका छन् । प्राधिकरणले शुक्रबार आयोजना गरेको बिद्युत दिबसको अबसरमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । ‘प्राधिकरण अब पुरातन र परम्पराबादी सोचबाट अगाडि बढ्दैन, अबको कार्यशैली स्मार्ट हुन्छ, बिद्युत उत्पादन, बितरण र उपभोगमा स्मार्ट शैली अबलम्बन हुन्छ,’…