काठमाडौं । पछिल्लो समय बैंकहरुका एटिएम मेसिनमा डिभाइस जोडेर डाटा तथा पिन कोड चोरेर ग्राहकको खातामा भएको पैसा चोर्ने समूह सक्रिय छ । केही समय अघिदेखि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइबी) यस्ता चोरहरु समात्न थालेपछि लाखौंको संख्यामा रहेका एटिएम प्रयोगकर्ताहरु चिन्तित भएका छन् । नेपालका बैंक तथा वित्तीय संस्थाहरुले ४६ लाख एटिएम कार्डहरु जारी गरेका…