२० वर्षपछि स्थानीय निर्वाचन भएको छ । ढिलै भएपनि जनताले आफ्नो घरदैलोको सरकार पाएका छन् । आफ्नो गाउँठाउँको योजना तर्जुमादेखि कार्यान्वयनसम्मको जिम्मेवारी लिने स्थानीय सरकार गठन भएपछि स्थानीयस्तरका विकास गतिविधिले तीब्रता पाउने विश्वास गरिएको छ । नयाँ संविधान बनेपछि राज्य पुनसंरचनासहित गठन गरिएको स्थानीय तह अधिकारसम्पन्न छ । विकास निर्माणका लागि स्थानीय तहमा स्रोत साधनको अभाव…