काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान…