काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा र अर्थ मन्त्रालयको टिम धमाधम नयाँ आर्थिक वर्ष २०७५/०७६ को बजेट बनाइरहेको छ । नेपालको इतिहासमा पहिलो पटक स्पष्ट बहुतमतसहित बनेको कम्युनिस्ट पार्टीको सरकारले कस्तो बजेट बनाउला ? यो धेरैको चासोको विषय हो । कम्युनिष्ट पार्टीहरु एमाले र माओवादी केन्द्रबीचको गठबन्ध सरकारले निर्वाचन अघि नै संयुक्त रुपमा एउटै घोषणापत्र…