नेपालमा पछिल्लो १० वर्षमा ब्याजदरमा छोटो अवधिमा तीब्र उतारचढाब हुने गरेको छ । अघिल्लो वर्ष यही समयमा ब्याजदर निकै तल ओर्लिएको थियो, अहिले बढेको छ । हाम्रो प्रणालीमा निक्षेपको स्रोत भनेको हामीसँग ब्यालेन्स अफ पेमेन्ट बचतमा हुनुपर्छ । ब्यालेन्स अफ पेमेन्ट बचतमा जानको लागि सबैभन्दा ठूलो हिस्सा रेमिटेन्स हो । त्यसपछि विदेशी सहायता हो ।…