काठमाडौं । स्न्यापच्याटका संस्थापकहरु इवान स्प्रिंगल र बबी मर्फीलाई एकै दिनमा १ अर्ब डलर (करिब १ खर्ब रुपैंयाँ) को नोक्सान भएको छ । दुवैलाई यो नोक्सान बुधबार कम्पनीको पहिलो बित्तीय बिवरण सार्वजनिक भएपछि भएको हो । पहिलो त्रैमासमा कारोबार अनुमानभन्दा कम भएका कारण कम्पनीको सेयर एकै दिनमा २५ प्रतिशतले घटेर १७.१२ डलर पुगेको छ ।…