ट्राफिक जामको समस्या तपाईहामीले दैनिक भोगिरहेका छौं । खासगरी सहरी र सहरोन्मूख इलाकाहरुको ठूलो समस्या हो, ट्राफिक जाम । हामीले देख्दादेख्दै सडकहरु फराकिला बनाइए पनि ट्राफिक जामको समस्या भने ज्यूँकात्यूँ छ । सरकारले सवारीसाधन र त्यसका पाटपुर्जा आयातमा ३ सय प्रतिशतसम्मको चर्को भन्सार असूल गरे पनि आयातको ग्राफ वर्षेनि उकालो चढिरहेको छ । साँघुरा सडकका…