निर्वाचन आयोगले माघ १५ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्ने

काठमाडौं । प्रतिनिधिसभा बिघटनपछि आगामी बैशाख १७ र २७ गरी दुई चरणका लागि घोषणा भएको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । आयोगका अनुसार आगामी माघ १५ गतेदेखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने भएको हो । आयोगका अनुसार यसका लागि पुस ५ गतेसम्म् १८ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ…