काठमाडौं । नेपालको पुँजी बजार प्रत्यक्ष वा परोक्षरुपमा भित्रि कारोबार अर्थात् इन्साइडर ट्रेडिङको मारमा परेको छ । पछिल्लो समय केही कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङ भएको पाइएको छ । कम्पनीको सूचनामा सहजै पहुँच हुने व्यक्तिहरुले सूचना बाहिर चुहाँउदा केही कम्पनीमा इन्साइडर ट्रेडिङ भएको नेप्से उच्च स्रोतको दाबी छ । सूचीकृत संगठित संस्थाले लगानीकर्तालाई आर्थिक वर्ष २०७६/०७७…