भूमिसुधार कार्यालयमा अनलाइनबाट फोटो र बायोमेट्रिक ल्याप्चे, फेरि फोटो टाँसी सहीछाप गर्न नपर्ने

काठमाडौं । भूमि, व्यवस्था तथा अभिलेख विभागले भूमि सूचना व्यवस्थापन प्रणालीमार्फत् कारोबार हुने कार्यालयहरूमा अनलाइन फोटो लिने र बायोमेट्रिक ल्याप्चे सहीछाप गराईसकेपछि पुनः फोटो टाँसी सहीछाप गर्न नपर्ने व्यवस्था सञ्चालनमा ल्याएको छ । भूमिसुधार/मालपोत कार्यालयहरूबाट प्रवाह हुने सेवालाई आधुनिक प्रविधिको माध्यमबाट छिटो, छरितो एवम् सरलीकृत गरी सुशासन कायम गर्ने उद्देश्यले उक्त व्यवस्था सञ्चालनमा ल्याएको हो…