काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सम्पन्न भएको छ । वार्तापछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले छलफलको राम्रो शुरुवात भएको प्रतिक्रिया दिएका छन् । उनले दुई देशको बीचमा देखिएका समस्या समाधान गर्ने विगषयमा छलफल भएको बताए । आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताए…