काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको विद्युत् महसुल बढाउने प्रस्तावका सम्बन्धमा उद्योगी तथा व्यवसायीले कडा आपत्ति जनाएका छन् । विद्युत् नियमन आयोगले सोमबार आयोजना गरेको भर्चुअल छलफलका क्रममा उद्योगी तथा व्यवसायीले तत्काल महसुल घटाउन र बढी शुल्कको प्रस्ताव नगर्न आग्रह गरेका छन् । कोरोनाको कहरले थला परेको उद्योग तथा व्यवसायलाई राहत प्रदान गर्नुपर्नेमा महसुल…