लकडाउनले सरकारी हिसाब बिग्रियो, तलब खुवाउन नै सरकारलाई मुस्किल

काठमाडौं । केही दिन अगाडि अर्थमन्त्रालयमा आयोजित एउटा छलफलमा अर्थसचिव शिशिर ढुंगानाले लकडाउन कायम नै रहेमा सरकारी कर्मचारीलाई नै तलब खुवाउन मुस्किल पर्ने बताएका थिए । अर्थसचिव ढुंगानाले भनेजस्तै सरकारलाई अब तलब खुवाउन नै मुस्किल पर्ने देखिएको छ । सामान्य अवस्थामा सरकारी कर्मचारीलाई महिना समाप्त भएको पहिलो सातासम्ममा तलब जाने गरेको छ । सरकारी चैत…