काठमाडौं । नेपालबाट निर्यात गरिने सामानको परिमाण पछिल्ला केही महिनायता वृद्धि भइरहेको सरकारी तथ्यांकले देखाउँदै आएको छ । तर केही भन्सार नाकाहरुबाट भने विगत केही महिनायता निर्यात शुन्य भएको पाइएको छ । मुलुकभर सञ्चालित २४ वटा भन्सार नाकामध्ये ५ वटा भन्सार नाकाबाट चालु आवको पहिलो ६ महिनामा निर्यात शुन्य भएको भन्सार विभागको तथ्यांकले देखाएको छ…