काठमाडौं । काठमाडौं महानगरपालिकाले गंगालाल राष्ट्रिय हृदय केन्द्रसँग अक्सिजन प्लाण्ट राख्ने विषयमा सम्झौता गरेको छ । शहीद गंगालाल श्रेष्ठको सम्झनामा स्थापना भएको गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी र महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा अस्पतालमा उपचारका लागि आउने बिरामीहरुका लागि निःशुल्क अक्सिजन उपलब्ध गराउन आवश्यक पर्ने अक्सिजन…