काठमाडौं । भक्तपुरको दुवाकोटमा बीर अस्पताल निर्माण हुने भएको छ । काठमाडौंको कोलाहलबाट बीर अस्पताललाई बिस्तार गरेर दुवाकोट पुर्याइन लागिएको हो । चाँगुनारायण नगरपालिका वडा नं. २ र ४ मा ५७० रोपनी बीर अस्पताल बनाउनका लागि ०७२ सालमै निर्णय भएको थियो । चीन सरकारले डीपीआर र अस्पतालको भवन बनाइदिने इच्छा व्यक्त गरेको थियो । चीनले…