काठमाडौं । शुक्रबार देशभर अत्यधिक चिसो बढेको छ । राजधानी लगायत देशका विभिन्न भागमा बिहानदेखि कुहिरो र हुस्सु लाग्दा चिसो बढेको हो । त्यस्तै, कर्णाली प्रदेशमा वर्षासँगै भारी हिमपात शुरु भएको छ । हिमाली जिल्लामा भारी हिमपात भएको छ भने पहाडी जिल्लाका उच्च भागमा हिमपात र बेँसीमा वर्षा भएको छ । बुधबारदेखि चिसो बढ्दै गएपछि…