काठमाडौं । भारत सरकारको स्वामित्वमा सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि प्रभावित क्षेत्रमा मुआब्जा वितरण गर्ने तयारी गरिएको छ । कुल ९०० मेगावाट क्षमताको सो आयोजना हाल निर्माणका चरणमा छ । आयोजना निर्माणका लागि भारतीय कम्पनीले नेपालमा एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी स्थापना गरी काम गरिरहेको छ ।…