अनि किन नमिचियोस बालुवाटारको जग्गा, सरकारसँग छैन आफ्नै जग्गाको तथ्यांक

काठमाडौं । पछिल्लो पटक ललिता निवास अर्थात बालुवाटारको जग्गाको कारण सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको चर्को आलोचना भइरहेको छ । जग्गा प्रकरणमा नेकपाका नेता अर्थात् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल समेत तानिएका छन् । यस्तै अर्का पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई समेत बालुवाटार प्रकरणमा जोडिएका छन् ।…