काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमले स्वाभिमानी नागरिक तयार पार्ने बताएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले संविधानको मौलिक हक कार्यान्वयनको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको बताए । आजको दिन श्रम सम्मान गर्ने तथा । अनौपचारिक श्रमलाई औपचारिक गर्ने दिन भएको खतिवडाको भनाई छ । हामीले श्रमको ज्यालाले…