काठमाडौं । सरकारले लकडाउन १० दिन थप्दै जेठ ५ गतेसम्म लागू गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णय सुनाउन्दै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले लकडाउनमै पनि निश्चित क्षेत्रका काम गर्न र सेवा सूचारु गर्न छुट दिने निर्णय भएको जानकारी दिए ।
निर्णयहरु
१) लकडाउन जेठ ५ गते सोमबार मध्यरातसम्मका लागि लागू हुने र कार्यान्वयन गर्ने ।
२) कोभिड-१९ बाट सुरक्षित रहेनका लागि अन्तर्राष्ट्रिय सीमा जेठ १८ गते आइतबार रातिसम्म बन्द गर्ने । तर मालसामानको ढुवानीका यथावत राख्ने र हवाई उडान पनि बन्द गर्ने ।
३) औषधि, स्वास्थ्य सामग्री जस्ता अत्यावश्यक वस्तुको उत्पादन र बिक्री वितरण, खाद्य वस्तुलगायतका कृषि वस्तु र पशुपक्षीजन्य उत्पादन र बिक्री वितरण, औद्योगिकजन्य वस्तुको उत्पादन र बिक्री वितरण, विकास आयोजनाको सञ्चालनका लागि आवश्यक पर्ने ढुंगा गिट्टी वालुवाको ढुवानी र न्यूनतम बैंकिङ सेवा सुचारु गर्न केन्द्रीय कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट र प्रदेश स्तरीय कोभिड-१९ क्राइसिस म्यानेजमेन्टसँग आवश्यक समन्वय गरी सम्बन्धित जिल्ला कोभिड-१९ क्राइसिस म्यानेजमेन्टले जोखिमको अवस्था मूल्यांकन गरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराई सामाजिक दुरी पालना गरी देहायका बमोजिमका सेवा सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने
क) कृषिजन्य पशुपक्षी सम्बन्धी व्यवस्था: खाद्य वस्तु र बाली लगाउने र पारेको बाली भित्राउने । माछा पालम, कुखुरा पालन तथा तराकारी र दुग्घजन्य पदार्थको संकलन, भन्डारन र बिक्री वितरण र विरुवाको उत्पादन, घाॅस तथा दानाको, कृषि विऊ विजनको उत्पादन, भण्डारन र बिक्री वितरण गर्ने ।
बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका शाखा शुक्रबारदेखि खुल्ने
ख) स्वास्थ्य सेवा सम्बन्धनमा: सरकारी तथा निजी क्षेत्रबाट सञ्चालन भएका अस्पताल, क्लिनिक, ल्याव, डाइगोनेसिस्टिक सञ्चालन र सबै प्रकारका खोपको सञ्चालन, अक्सिजनको उत्पादन र बिक्री वितरण । औषधी पसल, एग्रोभेट सञ्चालन .
ग) जनक शिक्षा सामग्री केन्द्रबाट अनुमती लिएका स्टेशनरी खोल्न पाइने ।
घ) ढुवानी सम्बन्धी: ढुवानीका सवारी साधनहरुलाई निसंक्रमित गरी जारी भएको निस्सा साथमा राखी चालक तथा परिचालकको स्वास्थ्य जाॅच गरी आवतजावत गर्न दिने ।
भन्सारबाट जाॅचपास भइ आएका, उद्योग प्रतिष्ठानबाट लोड लिइ मालसामान ढुवानीका साधनहरु। त्यसैगरी पानी, ग्यास र पेट्रोलियमपदार्थ बोकेका ढुवानीका साधनहरु ।
औद्योगिक कच्चा पदार्थ र सामान बोकेका साधनहरु, विकास आयोजनामा प्रयोग उपकरणहरुलाने, ल्याउने सामग्री बोकेका ढुवानीका साधनहरु ।
कृषि सामग्री, रासायनीक मल बोकेका ढुवानीका साधन, एम्बुलेन्स, विद्यालयकापाठ्यपुस्तक बोकेका साधनहरु ।
ङ) काठमाडौं प्रवेश गर्ने सवारीमा यात्रु राख्न नपाइने । प्रवेश बिन्दुमा त्यस्ता मालवाहक सवारी चालक र सहयोगीको नाम, जन्म मिती, काठमाडौं प्रवेश गरेको मिती सहितको विवरण राख्ने र सवारी फर्केर जाॅदा सोही विवरणको व्यक्ती भए नभएको जाॅच गर्ने । झुठ्ठाविवरण दिइ यात्रा गरेको पाइएमा नियन्त्रणमा लिइ कारबाही गर्ने ।
च) एम्बुलेन्स दुरुपयोग गर्नेलाई कारबाही गर्ने । र सवारी पास न्यूनतम संख्यामा जारी गर्ने ।
छ) विकास आयोजना सम्बन्धीमा राष्ट्रिय गौरवका आयोजनहरु, जलविद्युत आयोजनाहरु, सिॅचाइ, खानेपानी, विमानस्थल निर्माण, सडक, पुल, सरकारी भवन निर्माण एक पटकमा एक स्थानमा १० जना नबढ्ने गरी सञ्चालन गर्ने ।
गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिक आवतजावत गर्न नपाउने
ज) काम गर्ने श्रमिकको हकमा अनिवार्य स्वास्थ्य जाॅच गर्ने । एक स्थानमा आवास, कार्यस्थलमै खाजा खानाको व्यवस्था मिलाउने
सरकारले दिएको अनुमति अनुसार यो क्षेत्रमा जाने कर्मचारी तथा कामदार बाहेक अन्यले निजी सवारी साधन चलाउन पाउने छैनन् । सार्वजनिक यातायात चल्ने छैन । विद्यालय तथा कलेजहरु बन्द हुने छ । यस्तै बिलासिताका वस्तुहरुको बिक्री हुने पसलहरु बन्द नै हुने छन् । सिनेमाघर,जिम,क्लबहरु खुल्ने छैनन् ।
धामिर्क स्थलमा भेला गर्न प्रतिबन्ध लाग्ने छ । होटलहरु बन्द हुने छ । आन्तरिक र बाह्य उडान बन्द नै हुने छ ।
SHARE YOUR THOUGHTS