क्लिकमान्डुकर्मी ओझा सेजन अवार्डबाट सम्मानित « Eglish Khabarhub

क्लिकमान्डुकर्मी ओझा सेजन अवार्डबाट सम्मानित


१५ मंसिर २०८१, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौ । क्लिकमान्डुकर्मी शरद ओझा सम्मानित भएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औं वार्षिकोत्सवमा आयोजित अर्थतन्त्रको प्रबन्धन विषयक छलफल तथा अवार्ड वितरण समारोहमा क्लिकमान्डुका विशेष संवाददाता तथा बरिष्ठ प्रबन्धक ओझा सम्मानित भएका हुन् ।

उनले १ लाख राशिको पुरस्कार प्राप्त गरेका छन्। ओझाले क्लिकमान्डुमा ‘राज्यलाई अर्बौं नोक्सान पुर्‍याउने गरी अर्थमन्त्री पुनले कसको स्वार्थमा गरे दफा ५७ मा छेडखानी ?‘ शिर्षकमा समाचार लेखेका थिए । सेजन अवार्डका लागि परेका आवेदनबाट उनको समाचारलाई उत्कृष्ट ठहर्याएर पुरस्कार प्रदान गरेको अवार्ड छनोट समितिले जनाएको छ ।

सेजनले विभिन्न अन्य विधामासमेत आर्थिक पत्रकारलाई पुरस्कृत गरेको छ । डा.भोला चालिसे लिवरल जर्नाजिलम अवार्ड सेतोपाटी डटकमका भागवत भट्टराई, प्रिन्ट मिडिया अवार्ड कारोबार दैनिककी कौशिला कुँवर र डिजिटल अवार्ड १२ खरी डटकमका कमल धितालले प्राप्त गरे ।

क्लिकमान्डुको नियमित फलोअपपछि ठूला कम्पनीले कर छल्न सक्ने र राज्यलाई अर्बौं नोक्सानी हुने आर्थिक विधेयकमा गरिएको उक्त व्यवस्था संशोधन भएको थियो । संसदमा भएको दफावार छलफलमा सांसदले उठाएको विषय समेट्दै आर्थिक विधेयकको प्रस्तावित व्यवस्था संशोधन गरेको यो पहिलो घटना हो ।

यस्तै कार्यक्रममा स्व डा भोला चालिसे लिबरल ईकोनोमि जर्नालिजम अवार्ड सेतोपाटी डटकमका भागवत भट्टराईले पाएका छन्। ५१ हजार पुरस्कार राशीको रहेको छ ।

प्रिन्टतर्फ कारोबार दैनिककी कौसिला कुँवरले प्राप्त गरेकी छिन् । यस्तै डिजिटल मिडिया अन्तरगत १२ खरि डटकमका कमल धितालले पुरस्कार पाएका छन् । प्रिन्ट र डिजिटल मिडिया अवार्डको राशी ५० हजार रहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार ००:००  ५ : ४५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping