१६ अर्ब खर्च भइसकेको सिक्टा सिँचाइ आयोजना कहिले सकिन्छ ?

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको भएपनि रुग्ण आयोजनाको सूचीमा रहेको सिक्टा सिँचाइ आयोजना प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन । आयोजनाको ठेक्काको म्याद सकिएको करिब एक महिनापछि गत पुसको १७ गते १४ महिना अर्थात् २०७७ पुससम्म थपिएको छ । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरको भविष्य अन्योलमै छ ।…