जलविद्युतमा हालसम्मकै ठूलो वैदेशिक लगानी, ४५ अर्ब ३० करोडको लगानी सम्झौता आज

काठमाडौं । नेपालको जलविद्युत क्षेत्रमा विभिन्न ९ वटा अन्तर्राष्ट्रिय दातृ निकायले हालसम्मकै ठूलो लगानीसम्बन्धि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् । शुक्रबार राजधानीमा आयोजना हुने कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितीमा माथिल्लो त्रिशुली एक आयोजनाका प्रबद्र्धकसँग सम्झौता हुन लागेको हो । कुल २१६ मेगावाट क्षमताको आयोजना निर्माणका…