प्रदेश नम्बर १ ले १ हजार ५०० मेगावाट जलविद्युत आयोजना निर्माण गर्ने

काठमाडौं ।  प्रदेश नम्बर १ आफैंले जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । राजधानीमा जारी ऊर्जा सम्मेलन (पावर समिट २०१९) को दोस्रो दिनको ‘ऊर्जा परियोजनाको सहजीकरण र नियमनः संघीयतामा ऊर्जा विकासको लाभ बाँडफाँडका चुनौति’ विषयक सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेश आफैले जलविद्युत् आयोजना बनाउने तयारी गरिरहेको बताए । प्रदेशले सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलमा आयोजना…