काठमाडौं । शुक्रबार १२ बजे सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुलाई राष्ट्र बैंकले सोल्टी होटल बोलाएको थियो । समसामयिक विषयमा छलफलका लागि भनेर राष्ट्र बैंकले बैंकरहरुलाई बोलाएको डेपुटी गभर्नर शिवराज श्रेष्ठले क्लिकमाण्डूलाई जानकारी दिए । वाणिज्य बैंकका सीइओहरुसँग राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर, केही कार्यकारी निर्देशकहरुले छलफल गरेका थिए । १२ बजेदेखि २…