हरेक दशकजसो मूलधारको विकासका मोडलमा पुनर्विचार भइरहने गरेको छ । विकास अर्थशास्त्रमा राजनीति, धर्म वा दर्शनशास्त्रमा जस्तो जडसूत्र हुँदैन । तथ्य, प्रमाण र वस्तुगत अनुभवका आधारमा ‘डेभलपमेन्ट रिथिन्किङ’ निरन्तर भइरहन्छ । विश्वमा ठूलाठूला परिवर्तन आएका छन्– चुनौती, प्रविधि, सामथ्र्य र सोचमा । सन् २०३० सम्मको दिगो विकास लक्ष्य (एसडीजी)को एजेन्डा आएको छ । जलवायु परिवर्तन…