काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक बृत्तभन्दा बाहिरबाट डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाए । अर्थमन्त्रीको आकाक्षीको रुपमा रहेका पार्टी महासचिव ईश्वर पोखरेल, पार्टी सचिब तथा आफ्ना निकट सहयोगी प्रदीप ज्ञवाली, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई पाखा लगाएर ओलीले डा. खतिवडालाई अर्थमन्त्रीको जिम्मेवारी दिए । अर्थमन्त्रीलाई ढुकुटीको साँचो लिएका व्यक्तिका रुपमा समेत लिइने गरिन्छ । तर ओलीले…