काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग बैकिङ क्षेत्रमा देखिएको कर्जाको ब्याजदर महंगो भएको समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीसँग अर्थमन्त्री खतिवडाले बैकिङ क्षेत्रको समस्या समाधानको लागि राष्ट्र बैंकसँगको सहकार्यमा अल्पकालिन र दीर्घकालिन उपाय अपनाइने बताए । अहिले बैंक तथा वित्तीय…