जर्मनीबाट १ अर्ब चालीस करोड अनुदान प्राप्त हुँदै

काठमाडौं । सङ्घीय गणतन्त्र जर्मनीले नेपालको हरित पुनःप्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि १ अर्ब चालीस करोड अनुदान सहयोग गर्ने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बुधबार हस्ताक्षर गर्नुभएको यहाँस्थित सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले आज जनाएको छ । नेपालका नगरोन्मुख भेगका निजी तथा…